News
हिसान–एन्फा सुनसरी कपः उपाधिका लागि पूर्वाञ्चल र सुष्मा कलेज भिड्ने

इटहरी । हिसान–एन्फा सुनसरी कप युथ नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पूर्वाञ्चल सेकेण्डरी स्कुल र सुष्मा कलेज उपाधिका लागि भिड्ने भएका छन् ।
इटहरी स्थित बुढासुब्बा खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा पूर्वाञ्चलले प्रिमियर कलेजलाई ४–० ले हरायो । खेलमा पूर्वाञ्चलका सिजल राई म्यान अफ दि म्याच चुनिए ।
दोस्रो सेमिफाइनलमा सुष्मा कलेजले विश्व आदर्श कलेजमाथि २–१ को रोमाञ्चक जित निकाल्दै फाइनल प्रवेश गर्यो । खेलमा सुष्मा कलेजका युसन श्रेष्ठ म्यान अफ दि म्याच बने ।
फाइनल खेल यही माघ १८ गते शुक्रबार नै हुँदैछ । हिसान–एन्फा सुनसरीको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
Post Comments