News
हिम शिखर र डिपोट फाइनलमा भिड्दै

तरहरा । छैठौं सुदेश सुब्बा मेमोरियल हिम शिखर कप अन्तर विद्यालय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा आयोजक हिम शिखर इङलिस स्कुल, तरहरा र डिपोट स्कुल, धरान भिड्ने भएका छन् ।
प्रतियोगिताको पहिलो सेमिफाइनलतर्फ हिम शिदरले माउण्ट हर्मोनलाई २–१ ले हरायो । खेलमा हिम शिखरका सुबुहाङ्ग राई म्यान अफ दि म्याच घोषित भए ।
दोस्रो सेमिफाइनलमा डिपोटले लर्ड बुद्धलाई १–० को झिनो अन्तरले हराउँदै फाइनल प्रवेश गर्यो । खेलमा डिपोटका कृषल राई म्यान अफ दि म्याच बने । अब शुक्रबार हुने फाइनलमा हिम शिखर र डिपोट उपाधिका लागि भिड्ने छन् ।
कुल १६ टोलीहरु सहभागि प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
Post Comments