News
सभापति कपका सर्वोत्कृष्ट खेलाडी बने दिप कार्की
काठमाडौं । बिहीबार सम्पन्न सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिताको विजेता बनेको संकटा फुटबल क्लबका कप्तान तथा गोलरक्षक दिप कार्की प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । त्यसवापत उनले नगद ७५ हजारसहित ट्रफी हात पारेका छन् ।
त्यस्तै अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक उपविजेता बनेको नेपाल लोकतान्त्रिक खेलकुद संघका बिकेश कुथु चुनिए । प्रतियोगिताको उदिउमान खेलाडी भने सन्दिप कार्की बने ।
त्यसैगरी सर्वाधिक गोलकर्ताको पुरस्कार भने प्रतियोगिताभरि समान २–२ गोल गरेका रिचार्ड अबेकाह, कृतिष रत्न छुन्जु र अन्जन बिष्टले संयुक्त रुपमा हात पारे । उत्कृष्ट बनेका सबैले जनही ५०–५० हजार हात पारे ।
स्मरण रहोस, बिहीबार दशरथ रंगशालामा भएको फाइनलमा संकटाले नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशलाई टाईब्रेकरमा ४–३ ले हराउँदै उपाधि जित्न सफल भएको थियो ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै