International बेल्जियम फेरि रोकियो, इजिप्टको जित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकपतर्फ समूह जी मा बेल्जियमले लगातार दोस्रो खेलमा बराबरी खेल्दा सोही समूहको अर्को खेलमा इजिप्टले जित हात पारेको छ ।

बेल्जियमले आफ्नो पहिलो खेलमा इजिप्टसँग बराबरी खेलेको थियो भने दोस्रो खेलमा इरानसँग गोलरहित बराबरीमा रोकिन पुग्यो । उता इरानले पनि पहिलो खेलमा न्युजिल्याण्डसँग बराबरी खेलेको थियो ।

त्यस्तै इजिप्टले भने आफ्नो दोस्रो खेलमा सोमबार बिहान न्युजिल्याण्डलाई ३–१ ले हरायो । र, महत्वपूर्ण तीन अंक जोड्न सफल भयो । साथै नकआउट चरण प्रवेश गर्ने सम्भावना पनि बलियो बनायो ।

यो नतिजापछि दुई खेलबाट ४ अंक जोडेको इजिप्ट समूह जी को शिर्ष स्थानमा छ । समान २–२ अंक जोडेका इरान र बेल्जियम क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् भने १ अंकसहित न्युजिल्याण्ड पुछारमा छ ।

समूह चरणको अन्तिम तथा निर्णायक खेलमा जुन २६ तारीखका दिन इजिप्टले इरानको सामना गर्नेछ भने सोही दिन बेल्जियमले न्युजिल्याण्डसँग खेल्नेछ ।

Post Comments