News
पुलिससँग मच्छिन्द्र निराश, संकटा र एपिएफको बराबरी
काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल पुलिस क्लबले जित हात पार्दा संकटा र एपिएफ फुटबल क्लबबीचको खेल बराबरीमा टुंगिएको छ ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा पुलिसले मच्छिन्द्रमाथि २–१ को जित निकाल्यो । पुलिसको जितमा समिर राई र नसिब हेन्जनले गोल गरे । पराजित मच्छिन्द्रका लागि भने सौगात बम्जनले गोल गरेका थिए ।
दिनको दोस्रो खेलमा संकटा र एपिएफले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । खेलमा संकटाका लागि पेम्बा तामाङले गोल गर्दा एपिएफका लागि उत्सव थापाले गोल गरेका थिए ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन