News
महिला लिगः बागमतीको पोष्टमा आर्मीको तीन गोल
काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगितातर्फ उपाधिको बलियो प्रत्याशी मध्ये एक त्रिभुवन आर्मी फुटबल क्लबले सोमबार उत्कृष्ट जित हात पारेको छ ।
एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले बागमती युवा क्लब, सर्लाहीमाथि ३–० को जित निकाल्यो । आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरिन् ।
खेलमा आर्मीलाई थप गोल गर्ने अवसर पनि थियो । आर्मीले पाएको पेनाल्टीको अवसरलाई बिमला चौधरीले सदुपयोग गर्न सकिनन् । यो नतिजापछि ५ खेलबाट आर्मीको खातामा १० अंक भएको छ । उता पराजित बागमतीको खातामा भने समान खेलबाट तीन अंक मात्र छ ।
Post Comments
Related News
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा