News जापानको जित, ट्युनिसिया बाहिरियो
गोलनेपाल

काठमाडौं (एजेन्सी) । समूह चरणको पहिलो खेलमा नेदरल्याण्डससँग बराबरी खेलेको एसियन पावर हाउस जापानले आफ्नो दोस्रो खेलमा शानदार जित हात पारेको छ ।

समूह एफतर्फ आफ्नो दोस्रो खेलमा जापानले ट्युनिसियामाथि ४–० को उत्कृष्ट जित हात पारेको हो । यो जितसँगै जापानले पनि नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । उता लगातार दुई हार बेहोरेको ट्युनिसिया भने समूह चरणबाट बाहिरिने निश्चित भएको छ ।

समूह एफमा दुई खेलबाट समान ४–४ अंक जोडेका नेदरल्याण्डस र जापान क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । स्वीडेन ३ अंकका साथ तेस्रो स्थानमा छ भने अंकविहीन ट्युनिसिया पुछारमा छ ।

समूह चरणको अन्तिम खेलमा अब जुन २५ तारीखका दिन जापानले स्वीडेनसँग खेल्नेछ भने सोही दिन नेदरल्याण्डसले ट्युनिसियाको सामना गर्नेछ ।

Post Comments