
१२ टिमको सहभागिता रहने सहारा क्लव पोखराको आयोजनामा यहि आगामी माघ २२ गतेबाट सुरू हुने २४औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा करिब १२ टिम मध्य १० टिमको सहभागिता पक्का भएको छ ।
प्रतियोगिताको सह–प्रायोजकका लागि चितवनको जय श्री फुड्स संग सम्झौता भएको छ । शनिबार एक कार्यक्रमबा बीच सह प्रायोजनमा हस्ताक्षर सम्पन्न भएको छ । जय श्री फुड्सले सह प्रायोजन वापत नगद रु ५ लाख रुपैयाँ सहयोग गर्ने छ ।
फागुन ३ गते सम्म पोखरा रंगशालामा सञ्चालन प्रतियोगिताकोमा आयोजक सहारा क्लबसहित नेपाली ए डिभिजनका क्लब विभागिय टोली एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र क्लब, संकटा यूथ क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, एनआरटी फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लब यूकेको सहभागिता शुनिश्चित भएको सहारा क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताए । प्रतियोगितामा कुल १२ टिमको सहभागिता हुनेछ ।
अझै दुई टिमको सहभागिताको लागी भारतीय सर्भिस टिम वा जापानको एक क्लबका लागि कुराकानी अघि बढाइएको उनले बताए।
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने