News प्रथम जेनिथ कप पुष १७ गतेदेखि
सुरज राना मगर

किर्तिपुर । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ जेनिथ युथ क्लब, सुनवल–३, किर्तिपुर, नवलपरासीको आयोजनामा यही पुष १७ गतेदेखि प्रथम जेनिथ कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

किर्तिपुर स्थित जेनिथ रंगशालामा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो । प्रतियोगिताबारे विस्तृत जानकारीका लागि सम्पर्क नम्बरहरु 9812900343, 9823270158, 9749797260 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments