News हिमालयनलाई सातौं सोल्टी–११ तमु ल्होसार कपको उपाधि
गोलनेपाल

काठमाडौं । गुरुङ समुदायहरुको महान पर्व तमु ल्होसार (पुष १५) को अवसर पारी वार्षिक रुपमा आयोजना हुँदै आएको सातौं संस्करणको सोल्टी–११ तमु ल्होसार कप खुला फुटसल प्रतियोगिताको उपाधि हिमालयन एफसीले जितेको छ ।

गोंगबु स्थित मनाङ मस्र्याङदी फुटसलमा भएको फाइनल भिडन्तमा हिमालयनले ड्रिम सिन्धु फुटसललाई २–१ ले हराउँदै प्रतियोगिताको सातौं संस्करणको उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

विजेता बनेको हिमालयनले उपाधिसहित नगद ८० हजार हात पार्यो भने उपविजेता ड्रिम सिन्धुले नगद ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

सोल्टी–११ परिवारको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कुल ३२ फुटसल टोलीहरुले सहभागिता जनाएको आयोजकले जानकारी दियो ।

 

Post Comments