News यु–१६ लिगः चर्च ब्वाईज र मच्छिन्द्रको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं । शुक्रबारदेखि शुरु भएको यु–१६ एन्फा युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत पहिलो दिन चर्च ब्वाईज युनाइटेड र मच्छिन्द्र फुटबल क्लबले जित दर्ता गर्दै विजयी शुरुवात गरेका छन् ।

एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा चर्च ब्वाईजले संकटा फुटबल क्लबलाई २–१ ले हरायो । खेलमा शुरुवाती अग्रता भने १५औं मिनटमा पेम्बा तामाङको गोलबाट संकटाले लिएको थियो ।

यद्यपि खेलको ३०औं मिनटमा सनिल मगरले चर्च ब्वाईजका लागि बराबरी गोल फर्काए भने अन्तिमतिर ८४औं मिनटमा सुगम रानाले दोस्रो तथा निर्णायक गोल गर्दै टोलीको जित र टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए ।

अर्को खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबमाथि ५–० को एकतर्फी जित निकाल्दै विजयी शुरुवात गर्यो । एन्फाका अनुसार अब लिगका बाँकी खेलहरु पुष २१ गतेबाट सुचारु हुने छन् ।

Post Comments