साँवा । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ साँवा थलङमा जारी क्लब स्तरीय पुरुष फुटबल प्रतियोगितामा मंगलबार दुइ खेल भएका छन । पहिलो खेलमा कर्णसिंह सोनाम निर्धारित समयमा खेल मैदानमा उपस्थित नभए पछि हिमाली तोकिमेगोला वाक ओभर मार्फत प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
मंगलबार नै सम्पन्न दोस्रो खेलमा सौन्दर्य समाजसेवी लिबाङलाई सडन डेथमा पराजित गर्दै बिसिएस मेमोरियल सावदेन प्रतियोगिताको क्वाटर फाइनल पुगेको छ । क्वाटरफाइनमा बुधबार बिसिएसले सेमिफाइनल प्रवेशका लागि थुकिमासंग भिडनेछ ।
दश टिम सहभागी रहेको प्रतियोगितामा बुधबार क्वाटरफाइनलका दुइ खेल हुनेछन । पहिलो खेलमा सि.सा.स. खोक्लिङ र मानाभरा स्पोर्टिङ क्लब खेजिनिम बिच दिनको १२ बजे र दोस्रो खेल बिसिएस सावदेन र थुकिमा बिच दिनको २ बजे हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेताले एक लाख एक हजार १११ नगदसहित ट्रफी पाउनेछ । उपविजेताले ६१ हजारमा चित्त बुझाउने छ । प्रत्येक खेलको म्यान अफ दि म्याचले तीन हजार प्राप्त गर्नेछन ।
खेलकुद क्षेत्रको विकाससँगै खेलकुदका माध्यममार्फत मिक्वाखोला गाउँपालिकामा रहेका फुङ्फुङे झरनासहितका पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने र मौलिक संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका मणि कुमार थलङले बताउँनुभयो।
- सिरिजङ्गा गोल्डकपको सार्वजनिक सुनुवाइ तथा सहयोगदाता सम्मान सम्पन्न
- चौंथो ताप्लेजुङ गोल्डकप भाद्र १२ देखि १९ गतेसम्म
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा