
६ डिसेम्बरबाट सुरु भएको तेश्रो CFC फुटबल प्रतियोगिता अन्तर्गत तेश्रो खेलमा Ras Lafaan FC ले Battel FC लाई २-० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रबेश गर्न सफल भएको छ। खेलको म्यान अफ द म्याच भनेका कमल चौधरीले दुवै गोल गरेका थिए।
त्यसै दिनको दोस्रो खेलमा आयोजक निलोले सिन्धुली फुटबल क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ। निलोको तर्फबाट विश्वराज लिम्बु, भुपाल र नविन थिङ्गले गोल गरेका थिए। उक्त खेलको म्यान अफ द म्याच भनेका डानियल लिम्बु थिए।
गुल्फ एशिया र Ras Lafaan FC ले प्रतियोगिता अन्तिम चरणमा स्थान पाउँदा सिन्धुली एफसीले प्रतिस्थापन टोलीको रूपमा प्रतियोगितामा भाग लिएको थियो।
अर्थिक समर्थनका लागि ई-सेवा र अलफर्डन एक्सचेन्जको तर्फबाट आयोजक निलोलाई २० थान जर्सी प्रदान गरिएको थियो।
आजको खेलमा मुख्य रेफ्रीका रूपमा निकेश थापा, सहायक रेफ्रीहरूका रूपमा विकास बराल, त्रिभुवन चौधरी, अफिसियलमा होम बहादुर गुरुङ र म्याच कमिसनरका रूपमा कमल गिरि कार्यरत थिए।
आउँदो खेलहरूको जानकारी
अर्को खेल २० डिसेम्बर २०२४ मा अपराह्न ४ बजे शुरू हुनेछन्। यस दिनका खेलहरू निम्नानुसार हुनेछन्:
- पहिलो खेल: Petro FC vs Gorkhali FC
- दोस्रो खेल: ABFC vs Gulf Asia FC
- तेस्रो खेल: Sunsari FC vs Barwa FC
- चौथो खेल: Nine Star FC vs Unipart FC
समापन र पुरस्कार वितरण
यो प्रतियोगिता १० जनवरी २०२५ मा समापन हुने छ। विजेताले कतारी रियल ६६६६सँग ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्, जबकि उपविजेताले कतारी रियल ४४४४सँग ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
त्यसैगरी, प्रत्येक विधाका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ। उत्कृष्ट गोलकीपर, सर्वाधिक गोलकर्तासहित उदयमान खेलाडीलाई कतारी रियल ५०१ नगद पुरस्कार प्रदान गरिनेछ। यस पुरस्कार राशीको प्रायोजन झापाली सेवा समाज दोहा कतारले गरेको छ।