News हेटौडामा हुने वडा अध्यक्ष कप यु–१५ फुटबल प्रतियोगिताको तयारी पूरा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । पिप्ले युवा क्लब, हेटौडाको आयोजनामा यही मंसिर २७ गतेदेखी ३० गतेसम्म आयोजना हुने वडा अध्यक्ष कप युथ–१५ एट–ए साईड फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

प्रतियोगिताको उदघाटन खेल नागस्वती फुटबल एकेडेमी र हर्नामाडी सृजनसिल क्लब बिचमा हुनेछ । वडा न ५ को मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिजेताले नगद ५० हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेताले नगद २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । 

Post Comments