News
शिर्ष स्थानमा फर्कियो पुलिस
काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत १५औं चरणको अन्तिम खेलमा प्रभावशाली जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब लिगतालिकाको शिर्ष स्थानमा फर्किएको छ ।
एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई ४–० ले हरायो । यो जितपछि १५ खेलबाट ३२ अंक जोडेको पुलिस शिर्ष स्थानमा छ । पराजित जावलाखेल भने १९ अंकका साथ आठौं स्थानमा छ ।
शुक्रबार नै भएको अर्को खेलमा पुछारतिरको टोली सातदोबाटो युथ क्लबले मनाङ मस्र्याङ्दी क्लबमाथि ३–० को सनसनीपूर्ण जित निकाल्यो । यो जितपछि १५ खेलबाट ८ अंक जोडेको सातदोबाटो पुछार मै संघर्षरत छ । पराजित मनाङ भने २५ अंकका साथ सातौं स्थानमा छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा