News
शिर्ष स्थानमा फर्कियो पुलिस

काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत १५औं चरणको अन्तिम खेलमा प्रभावशाली जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब लिगतालिकाको शिर्ष स्थानमा फर्किएको छ ।
एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई ४–० ले हरायो । यो जितपछि १५ खेलबाट ३२ अंक जोडेको पुलिस शिर्ष स्थानमा छ । पराजित जावलाखेल भने १९ अंकका साथ आठौं स्थानमा छ ।
शुक्रबार नै भएको अर्को खेलमा पुछारतिरको टोली सातदोबाटो युथ क्लबले मनाङ मस्र्याङ्दी क्लबमाथि ३–० को सनसनीपूर्ण जित निकाल्यो । यो जितपछि १५ खेलबाट ८ अंक जोडेको सातदोबाटो पुछार मै संघर्षरत छ । पराजित मनाङ भने २५ अंकका साथ सातौं स्थानमा छ ।
Post Comments
Related News
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- आयोजक र फुङनाम क्वाटरफाइनलमा
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा