News
बी डिभिजन लिगको टिमदर्ता गर्ने मिति थप
काठमाडौं । बहुप्रतिक्षित शहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताका लागि टिमदर्ता गर्न मिति थप गरिएको छ । यसअघि एन्फाले यही मंसिर २१ गते शुक्रबार सम्म सम्बन्धित क्लबहरुलाई टिमदर्ता गर्न म्याद दिएको थियो ।
तर एन्फाका अनुसार शुक्रबारसम्म ५ क्लबहरुले मात्र टिमदर्ता गरेकाले दर्ता मिति थप गरिएको सूचना सार्वजनिक गरेको हो । एन्फा र क्लबका पदाधिकारीहरुबीचको छलफल पश्चात् सम्बन्धित क्लबहरुलाई टिमदर्ता गर्न थप ७ दिन म्याद दिइएको छ । जसअनुसार अब दर्ता बाँकी रहेका क्लबहरुले यही मंसिर २८ गतेसम्म टिमदर्ता गरिसक्नुपर्ने एन्फाले जनाएको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)