News
बी डिभिजन लिगको टिमदर्ता गर्ने मिति थप

काठमाडौं । बहुप्रतिक्षित शहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताका लागि टिमदर्ता गर्न मिति थप गरिएको छ । यसअघि एन्फाले यही मंसिर २१ गते शुक्रबार सम्म सम्बन्धित क्लबहरुलाई टिमदर्ता गर्न म्याद दिएको थियो ।
तर एन्फाका अनुसार शुक्रबारसम्म ५ क्लबहरुले मात्र टिमदर्ता गरेकाले दर्ता मिति थप गरिएको सूचना सार्वजनिक गरेको हो । एन्फा र क्लबका पदाधिकारीहरुबीचको छलफल पश्चात् सम्बन्धित क्लबहरुलाई टिमदर्ता गर्न थप ७ दिन म्याद दिइएको छ । जसअनुसार अब दर्ता बाँकी रहेका क्लबहरुले यही मंसिर २८ गतेसम्म टिमदर्ता गरिसक्नुपर्ने एन्फाले जनाएको छ ।
Post Comments
Related News
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा
- एन्फा युथ लिगः जितको लय मै संकटा