News
सिमराः सिंगौल महेन्द्रनगर नकआउट फूटबलको सेमिफाइनलमा प्रवेश
ओझेल युवा क्लब टांगियाबस्तीविरुद्ध जित निकाल्दै सिंगौल युवा क्लब महेन्द्रनगर नकआउट फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
महेन्द्रनगरस्थित खेल मैदानमा मंगलबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा सिंगौलले टांगियाबस्तीलाई १–० ले पराजित गरेको हो । सिंगौलले अब फाइनल प्रवेशका लागि मकवानपुर र पिलुवाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता अन्तर्गत बुधवार दोस्रो क्वाटरफाइनल खेलमा जेवाईसिसि डुमरवाना र आयोजक महेन्द्रनगर युथ क्लबबीच हुनेछ ।
महेन्द्रनगर युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- बकुलिया युवा क्लबलाई तेस्रो करैयामाई गोल्डकपको उपाधि
- महिला मैत्रीपूर्ण खेलमा रौतहट जिल्ला फुटबल संघको सानदार जित
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- नव जन जागृति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको पहिलो फाइनलिस्ट