News
जेवाईसिसि डुमरवाना क्वाटरफाइनलमा प्रवेश
सिमरा । योङ ब्वाई शान्ति टोल क्लब औराहलाई फराकिलो गोलअन्तरले पराजित गर्दै जेवाईसिसि डुमरवाना यहाँ जारी महेन्द्रनगर नकआउट फूटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
महेन्द्रनगरस्थित आयोजकको स्थानीय खेलमैदानमा सम्पन्न अन्तिम प्रिक्वाटरफाइनल खेलमा डुमरवानाले औराहलाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको डुमरवानाले सेमिफाइन प्रवेशका लागि मंसिर १२ गते हुने क्वाटरफाइनल खेलमा आयोजकको ए टिमसंग प्रतिस्पर्धा गर्ने ।
प्रतियोगिता अन्तर्गत मंगलबार ओझेल युवा क्लब टांगियाबस्ती र सिंगोल युवा क्लबबीच खेल हुने आयोजकले जानकारी दियो ।
महेन्द्रनगर युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ ।
Post Comments
Related News
- बकुलिया युवा क्लबलाई तेस्रो करैयामाई गोल्डकपको उपाधि
- महिला मैत्रीपूर्ण खेलमा रौतहट जिल्ला फुटबल संघको सानदार जित
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- नव जन जागृति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको पहिलो फाइनलिस्ट