News आर्मी र मच्छिन्द्रको जित
गोलनेपाल

काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार बिभागीय टोली आर्मी फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लबले आ–आफ्नो खेलहरुमा स्पष्ट जित हात पारेका छन् ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा आर्मीले सातदोबाटो युथ क्लबमाथि ४–० को सहज जित निकाल्यो । आर्मीको जितमा दिगविजय शाहीले ह्याट्रिक पूरा गर्दा थप एक गोल दक्ष लामाले गरेका थिए ।

यो जितपछि ९ खेलबाट ७ अंक जोडेको आर्मी लिगतालिकाको पुछारतिर १०औं स्थानमा छ । त्यस्तै समान खेलबाट ४ अंक मात्र जोडेको पराजित सातदोबाटो लिगतालिकाको ११औं स्थानमा छ ।

त्यस्तै बिहीबार नै भएको दोस्रो खेलमा मच्छिन्द्रले चर्च ब्वाईज युनाइटेडमाथि २–० को जित हात पार्यो । मच्छिन्द्रका लागि कबिर तामाङ र प्रशान्त मेन्बोले गोल गरेका थिए ।

यो जितपछि ९ खेलबाट १८ अंक जोडेको मच्छिन्द्र लिगतालिकाको तेस्रो स्थानमा छ । उता पराजित चर्च ब्वाईज भने १३ अंकका साथ लिगतालिकाको छैठौं स्थानमा छ ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा जारी प्रतियोगितामा कुल १२ ए डिभिजन टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको समापन आगामी पुष १६ गतेका दिन हुनेछ ।

Post Comments