News
राष्ट्रिय महिला फुटबल टोलीका आठ सदस्य गृहजिल्ला रौतहटमा सम्मानित

चन्द्रपुर । साफ महिला च्याम्पियनसिपतर्फ नेपाललाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका राष्ट्रिय महिला फुटबल टोलीका आठ खेलाडीहरु गृहजिल्ला रौतहटमा नगदसहित सम्मानित भएका छन् ।
सम्मानित हुनेहरुमा अनिता केसी, अन्जना राना मगर, सजनी थोकर, रेनुका नगरकोटी, समिक्षा घिमिरे, रश्मी घिसिङ, निशा थोकर र सबिता राना मगर रहेका छन् । उनीहरुलाई चन्द्रपुर नगरपालिका वडा नम्बर ४ र ६ ले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी जनही नगद ५–५, सम्मानपत्र र दोसल्ला ओढाई सम्मानित गरेको हो ।
स्मरण रहोस, गत कार्तिक १४ गते दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले बंगलादेशसँग २–१ को हार बेहोर्दै उपविजेता मै चित्त बुझाउन बाध्य बनेको थियो ।
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)