
बेलका । उदयपुरको बेलकामा जारी वाइवाई दोस्रो बेलका गोल्डकपकको उपाधिकाका लागि गाइघाट एफ सी उदयपुर र एभरेष्ट एफ सी बराहक्षेत्र सुनसरी भिड्ने भएका छन।
लेकाली रंगशालामा बिहीबार सम्पन्न अन्तिम सेमीफाइनलमा राष्ट्रिय जागृति क्लब इटहरीलाई पराजित गर्दै एभरेष्ट एफसी सुनसरीले फाइनल यात्रा तय गरेको हो ।
पहिलो सेमिफाइनलबाट जे एस वाइ सी मोरङलाइ पराजित गर्दै फाइनलमा स्थान बनाएको गाइघाटले अब उपाधिका लागि एभरेष्टसंग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको फाइनल भिडन्त कार्तिक १० गते शनिबार दिनको २ बजे हुने प्रतियोगिताका खेल संयोजक देविन मगरले जानकारी दिनुभयो ।
ब्रदरहुड फुटबल क्लब बेलकाको आयोजनामा कार्तिक ३ गते देखि सन्चालन शुरू भएको प्रतियोगिता १० गते सम्पन्न हुनेछ । विजेताले उपाधिसंगै १ लाख ११ हजार १ सय एघार सहित ट्रफि र उपविजेताले ५५ हजार ५ सय ५५ सहित ट्रफि हात पार्नेछ ।