News
हिसुब अष्ट्रेलिया, अन्जल डेनमार्कतिर प्रस्थान
काठमाडौं । फितलो भिजन, कमजोर व्यवस्थापन, अनिश्चित भविष्य र अनिर्णित खेलजगत कै कारण नेपाली खेलाडीहरु विदेश पलायन हुने क्रम जारी रहेको छ । खासगरी पछिल्ला केही वर्ष यता फुटबल खेलाडीहरु विदेशिने क्रम ह्वात्तै बढेको छ ।
अहिले यही सूचीमा थप दुई राष्ट्रियस्तरका खेलाडीहरुको नाम थपिएको छ । पछिल्लो समय राष्ट्रिय फुटबल टोलीमा आफ्नो बलियो उपस्थिति जनाएका क्षमतावान खेलाडी हिसुब थपलिया अष्ट्रेलिया प्रस्थान गरेका छन् भने ए डिभिजन खेलाडी अन्जल गुरुङ डेनमार्क प्रस्थान गरेका छन् । फुटबलमा राम्रो सम्भावना बोकेका हिसुब हालै मात्र अष्ट्रेलिया पुगेका थिए ।
यी दुई खेलाडी प्रतिनिधी पात्र मात्र हुन् । उनीहरुभन्दा अगाडी पनि राष्ट्रियस्तरका कयौं खेलाडीहरुले सुनिश्चित भविष्य कै लागि विदेश पलायन भईसकेका छन् । र, यो सूची निरन्तर लम्बिने क्रम पनि जारी छ ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”