News
मकवानपुर जिल्ला लिगः फाइनलमा शहिद स्मृति र पदमपोखरी भिड्ने

हेटौडा । यहाँ जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत फाइनलमा शहिद स्मृति क्लब र पदमपोखरी युवा क्लब उपाधिका लागि भिडन् भएका छन् । दुई सेमिफाइनलमा जित निकाल्दै शहिद स्मृति र पदमपोखरीले फाइनल भेट पक्का गरेका हुन् ।
पहिलो सेमिफाइनलतर्फ शहिद स्मृतिले न्यु कम्बाईन क्लबलाई पेनालटी शुटआउटमा ५–४ ले हराउँदै फाइनलमा स्थान सुरीषत गर्यो । त्यस्तै दोस्रो सेमिफाइनलमा पदमपोखरीले हाडिखोला युथ क्लबलाई २–१ ले हराउँदै उपाधि नजिक पुग्न सफल भयो ।
फाइनल खेल असोज १२ गते शनिबार हुने लिग संयोजक युवराज लामाले जानकारी दिए । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी लिग विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा