News
एन्फा महिला लिगः शिर्ष तीनमा पुलिस

काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत अपराजित रहेको विभागीय टोली नेपाल पुलिस क्लबले शिर्ष तीनमा रहेर आठौं चरणको लिग खेल समापन गरेको छ ।
बुधबार भएको आठौं चरणको अन्तिम तथा एक मात्र खेलमा पुलिसले कर्णाली प्रदेशमाथि ३–० को जित निकाल्यो । पुलिसका लागि निर्मला उपाध्याय, मनिषा राउत र सम्झना लावतीले गोल गरिन् ।
यो नतिजापछि ८ खेलबाट १८ अंक जोडेको पुलिस लिगतालिकाको तेस्रो स्थानमा छ । पराजित कर्णाली भने ४ अंकका साथ लिगतालिकाको पुछारतिर नवौं स्थानमा छ । शिर्ष स्थानमा भने २२ अंक जोडेको एपिएफ रहेको छ ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
Post Comments
Related News
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ को खेलतालिका सार्वजनिक, नेपाल पहिलो खेलमा भारतसँग भिड्ने
- प्रशिक्षक प्याट्रिक डि वाइल्ड नेपाल फर्कने वा नफर्कने भन्ने विषयमा गम्भीर शंका