News पिप्ले, प्रतिभा र पदमपोखरीको समान अन्तरको जित
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत पिप्ले युवा क्लब, प्रतिभा युवा क्लब र पदमपोखरी युवा क्लबले समान अन्तरको जित निकालेका छन् ।

लिग अन्तर्गत पिप्लेले रियल स्टारक्लब, प्रतिभाले प्रगतिशिल युवा क्लब र पदमपोखरीले एफसी मल्टिभिजन क्लबमाथि समान १–० को जत निकाल्दै महत्वपूर्ण तीन अंक जोडेका हुन् ।

त्यस्तै सक्षम युवा क्लब र हेटौडा भेट्रान्स बीचको खेल भने १–१ को बराबरीमा सकिएको छ । यो बराबरी नतिजासँगै दुवै टोलीले १–१ अंक बाँड्न बाध्य भएका छन् ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी लिग विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । कुल २८ टोलीहरुको सहभागिता रहेको लिगको समापन असोज ९ गतेका दिन हुनेछ ।

Post Comments