काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत दुई विभागीय टोली एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले सहज जित दर्ता गर्दै आफ्नो दावेदारितालाई कायम राखेका छन् ।
एन्फा कम्प्लेक्स्मा भएको पहिलो खेलमा अपराजित एपिएफले शुक्रबार कोशी प्रदेशमाथि ८–० को सहज जित हात पार्यो । एपिएफको जितमा रश्मी घिसिङ एक्लैले पाँच गोल गर्दा अनिता बस्नेतले दुई गोल गरिन् । थप एक गोल भने अनिता केसीले गरेकी थिईन् ।
यो नतिजापछि ७ खेलबाट १९ अंक जोडेको एपिएफ शिर्ष स्थानमा यथावत छ । पराजित कोशी भने दश ंअंकका साथ लिगतालिकाको मध्यतिर कायम छ ।
शुक्रबार नै भएको अर्को खेलमा आर्मीले चन्द्रपुर नगरपालिकामाथि १०–० को फराकिलो जित निकाल्यो । आर्मीका लागि चन्द्रा भण्डारी र अमिषा कार्कीले ह्याट्रिक गरिन् । त्यस्तै दिपा शाही, हिमा चौधरी, अन्जना राना म गर र शर्मिला थापा मगरले समान एक–एक गोल गरे ।
यो जितपछि ७ खेलबाट १६ अंक जोडेको आर्मी दोस्रो स्थान मै कायम छ । पराजित चन्द्रपुरको खातामा भने ७ अंक छ र लिगतालिकाको मध्यतिर नै संघर्षरत छ ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
- मझिया स्मृति कप महिला फुटबल : तेह्रथुम र ललितपुर फाइनलमा
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने