News साफ यु–१७ च्याम्पियनसिप शुरु, भारतको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं । शुक्रबारदेखि भुटानमा शुरु भएको साफ यु–१७ च्याम्पियनसिपमा साविक विजेता भारतले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा भारतले गत संस्करणको उपविजेता समेत रहेको बंगलादेशलाई हराउँदै विजयी शुरुवात गरेको हो ।

प्रतियोगिताको उद्घाटन खेलका रुपमा रहेको समूह ए तर्फको पहिलो खेलमा भारतले बंगलादेशमाथि शून्यका विरुद्ध १ गोलको जित दर्ता गरेको हो । भारतको जितमा सुमित शर्माले एक मात्र निर्णायक गोल गरे । यो जितसँगै भारतको सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनेको छ ।

समूह ए मा भारत र बंगलादेशबाहेक माल्दिभ्स रहेका छन् । समूह बी मा आयोजक भुटानसँगै नेपाल, श्रीलंका र पाकिस्तान रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले शनिबार पाकिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ ।

Post Comments