News
साफ यु–१७ च्याम्पियनसिप शुरु, भारतको विजयी शुरुवात
काठमाडौं । शुक्रबारदेखि भुटानमा शुरु भएको साफ यु–१७ च्याम्पियनसिपमा साविक विजेता भारतले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा भारतले गत संस्करणको उपविजेता समेत रहेको बंगलादेशलाई हराउँदै विजयी शुरुवात गरेको हो ।
प्रतियोगिताको उद्घाटन खेलका रुपमा रहेको समूह ए तर्फको पहिलो खेलमा भारतले बंगलादेशमाथि शून्यका विरुद्ध १ गोलको जित दर्ता गरेको हो । भारतको जितमा सुमित शर्माले एक मात्र निर्णायक गोल गरे । यो जितसँगै भारतको सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनेको छ ।
समूह ए मा भारत र बंगलादेशबाहेक माल्दिभ्स रहेका छन् । समूह बी मा आयोजक भुटानसँगै नेपाल, श्रीलंका र पाकिस्तान रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले शनिबार पाकिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल