News मल्टीभिजन, हाडीखोला र एफसी पोतालाको जित
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । यहाँ जारी मकवानपुर जिल्ला लिग फुटबल अन्तर्गत मल्टीभिजन फुटबल क्लब, हाडीखोला फुटबल क्लब र एफसी पोतालाले जित हात पारेका छन् ।

गौरीटार खेलमैदानमा भएको खेलमा मल्टीभिजनले सात नम्बर फुटबल टिमलाई २–१ ले हरायो । सोही मैदानमा भएको दोस्रो खेलमा हाडीखोलाले प्रतिभा युवा क्लबलाई १–० ले हराउँदा शहिद स्मृति क्लब र युनाइटेड नाइनले १–१ को बराबरी खेले ।

त्यस्तै सिमलटार खेलमैदानमा भएको खेलतर्फ एफसी पोतालाले सक्षम युवा क्लबमाथि ५–१ को सहज जित निकाल्यो । प्रगतिशिल युवा क्लब र पशुपति क्लब बीचको खेल ३–२ को अवस्थामा रहँदा खराब प्रकाशका कारण रोकिएको थियो । बाँकी खेल अर्को सुचना जारी गरेर खेलाइने आयोजकले जनाएको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी लिग विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । कुल २८ टोलीहरुको सहभागिता रहेको लिगको समापन असोज ९ गतेका दिन हुनेछ ।

Post Comments