News मकवानपुर जिल्ला लिगमा खेलाडीहरुको बिमा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । शनिबारदेखि शुरु भएको ममकवानपुर जिल्ला फुटबल लिगमा आयोजक मकवानपुर जिल्ला फुटबल संघले सहभागि २८ क्लबका प्रत्येक खेलाडीहरुको १० लाख बराबरीको दुर्घट्ना बिमा गरेको छ ।

मकवानपुर जिल्ला फुटबल संघले एन.एल.जी. लाईफ इन्स्योरेन्ससँगको सहकार्यमा लिगभरि खेलाडीहरुको स्वास्थ्य बिमा गरेको हो । खेलाडीहरुको मैदानभित्र स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सो निर्णय गरिएको मकवानपुर जिल्ला फुटबल संघका उपाध्यक्ष तथा लिग संयोजक युवराज लामाले बताए ।

सो अवसरमा संघका उपाध्यक्ष तथा लिग संयोजक लामा र इन्स्योरेन्स कम्पनीका ब्रान्च म्यानेजर प्रदिप संगामीले सम्झौतापत्रमा हस्ताक्षर र आदानप्रदान गरे । खेलकुदसँग सहकार्य गर्न पाउँदा आफूहरु पनि उत्साहित रहेको इन्स्योरेन्स कम्पनीका ब्रान्च म्यानेजर प्रदिप संगामीले प्रतिक्रिया दिए ।

सो अवसरमा मकवानपुर जिल्ला फुटबल संघका कोषाध्यक्ष अमृत लुङबा, सचिव सुनिल लोप्चन तथा सदस्य नितेश लामा लगायतको उपस्थिति रहेको थियो ।

स्मरण रहोस, मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हाल जिल्ला लिग फुटबल प्रतियोगिता सञ्चालन भईरहेको छ । आउँदो असोज ९ गतेसम्म चल्ने लिगको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।

Post Comments