News
एएफसी महिला च्याम्पियन्स लिगमा रेखाको गोल

काठमाडौं । भर्खरै नयाँ सिजनका लागि युएईको शिर्ष महिला लिग क्लब अबुधाबी काउन्ट्री क्लबमा आवद्ध भएकी नेपालकी उदीयमान फरवार्ड रेखा पौडेलले एएफसी महिला च्याम्पियन्स लिगमा पहिलो गोल गरेकी छिन् । साथै एएफसी महिला च्याम्पियन्स लिगमा गोल गर्ने रेखा पहिलो नेपाली खेलाडी समेत बनेकी छिन् ।
प्रतियोगिताको प्रारम्भिक चरणतर्फ समूह ए मा रहेको अबुधाबीले आइतबार पहिलो खेल खेल्ने क्रममा कम्बोडियाको योङ एलिफेन्डसमाथि २–१ को जित निकाल्यो । खेलमा रेखाले अबुधाबीका लागि दोस्रो गोल गरेकी थिईन् ।
अबुधाबीले आफ्नो आगामी खेले २८ अगस्तका दिन म्यानमारको म्यावडीसँग खेल्नेछ । अबुधाबी कै समूहमा साउदी अरेबियाको चर्चित क्लब अल नासर पनि रहेको छ । अल नासरसँग भने अबुधाबीले ३१ अगस्तका दिन खेल्नेछ ।
Post Comments
Related News
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
- एएफसी च्याम्पियन्स लिग इलिटः अल हिलालको चुनौति सेमिफाइनलबाटै समाप्त
- एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ समूह ए मा नेपाल
- उज्वेकिस्तानलाई एएफसी यु–१७ एसियन कपको उपाधि