News अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
गोलनेपाल

काठमाडौं । साउदी प्रो लिग क्लब अल अहली साउदी फुटबल क्लबले पहिलोपटक प्रतिष्ठित एसियाली क्लब फुटबलको सर्वोच्च प्रतियोगिता एएफसी च्याम्पियन्स लिग इलिट जितेको छ ।

शनिबार राती सम्पन्न फाइनलमा अल अहलीले जापानी क्लब कावासाकी फ्रन्टेललाई २–० ले हराउँदै उपाधि पहिलोपटक जित्न सफल भएको हो ।

साउदी अरेबियाको जेद्दाह शहर स्थित किंग अब्दुल्लाह स्पोर्टस सिटी स्टेडियममा भएको खेलमा अल अहलीका लागि गालेनो र फ्रान्क केस्सीले गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।

स्मरण रहोस, फाइनल प्रवेश गर्ने क्रममा अल अहलीले दावेदार आँकिएको अल हिलाललाई ३–२ ले हराएको थियो भने कावासाकी फ्रन्टेलले अल नासरलाई ३–२ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

Post Comments