News
एएफसी महिला च्याम्पियन्स लिगमा एपिएफको खराब शुरुवात
काठमाडौं । पहिलोपटक अन्तर्राष्ट्रियस्तरमा क्लब फुटबल खेलेको एपिएफ फुटबल क्लबले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक समूह चरणको खेलतर्फ हारका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।
समूह सी मा रहेको एपिएफले आइतबार खेलेको आफ्नो पहिलो खेलमा उज्वेकिस्तानको पिएसएफ नसाफसँग शून्यका विरुद्ध १ गोलले पराजित हुन पुग्यो । खेलको ४९औं मिनटमा लिली लवरेन्सले गरेको एक मात्र गोल नसाफको जितमा निर्णायक गोलब न्यो ।
एपिएफले समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेल भदौ १२ गते (२८ अगस्त) का दिन घरेलु टोली सवाह एफसीसँग खेल्नेछ ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट