
काठमाडौ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको ताजा वरियता अनुसार नेपालको स्थान यथावत रहेको छ । फिफाले बिहीबार निकालेको ताजा वरियता अनुसार नेपाल १७५औं स्थानमा यथावत रहेको हो ।
दक्षिण एसियातर्फ भने नेपाल तेस्रो स्थानमा छ । त्यस्तै १२४औं स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा रहँदा तीन स्थान तल खस्किदै १६३औं स्थानमा पुगेको माल्दिभ्स दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ ।
त्यस्तै तीन स्थान माथी उक्लिएको भुटान १८२औं स्थानमा रहँदै दक्षिण एसियातर्फ चौथो स्थानमा छ भने एक स्थान सुधार गर्दै १८४औ स्थानमा पुगेको बंगलादेश दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ ।
१९७औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ छैटौं स्थानमा रहँदा २०५औं स्थानमा कायम रहेको श्रीलंका दक्षिण एसियातर्फ सातौ स्थानमा छ ।
त्यसैगरी विश्व वरियताको शिर्ष स्थान भर्खरै कोपा अमेरिका जितेको विश्व च्याम्पियन अर्जेन्टिना यथावत छ । दोस्रो स्थानमा फ्रान्स कायम रहँदा तेस्रो स्थान युरोपियन च्याम्पियन स्पेन उक्लिएको छ ।
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट
- उज्वेकिस्तान पहिलोपटक फिफा विश्वकपका लागि छ्नौट
- एएफसी यु-२३ एसियन कप छनौटको समूह के मा नेपाल
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने