News कैलाश एफसी फाइनलमा प्रवेश
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । झिनो अन्तरको जितका साथ कैलाश फुटबल क्लब यहाँ जारी मिलन–धर्मराज स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलतर्फ कैलाशले आयोजक सिम्पानी युथ क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

कैलाशको जितमा अभिषेक लामाले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता लामा नै खेलको म्यान अफ द म्याच समेत घोषित भए ।

प्रतियोगिता अन्तर्गत असार २९ गते शनिबारको दोस्रो सेमिफाइनल खेल हासु फुटबल क्लब र इन्टरनेट सिटी क्लब बीच हुने आयोजकले जानकारी दियो ।

सिम्पानी युथ क्लब, मनहरी, हेटौडाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार ३० गतेका दिन हुनेछ ।

Post Comments