News
रोहित पेर्सिक मै रहने
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका महत्वपूर्ण सदस्य तथा अनुभवी डिफेन्डर रोहित चन्द आफ्नो वर्तमान इण्डोनेसियन क्लब पेर्सिक केदिरी मै रहने भएका छन् ।
यो कुराको पुष्टी क्लबले पनि आफ्नो सामाजिक सञ्जालमार्फत आधिकारिक रुपमा पुष्टी गरेको छ । यो पुष्टी भएसँगै रोहितले इण्डोनेसियाको शिर्ष लिगमा थप सिजन खेल्ने निश्चित भएको छ ।
सन् २०२२ मा अर्को इण्डोनेसियन क्लब पेर्सिजा जकार्ताबाट केदिरीमा आवद्ध भएका रोहितले टोलीका लागि महत्वपूर्ण खेलाडीका रुपमा नियमितजसो पहिलो रोजाईमा रहेर खेल्दै आइरहेका छन् ।
पेर्सिकलाई गत सिजन इण्डोनेसियन सुपर लिगको नवौं स्थानमा ल्याएर सिजनको समापन गर्न रोहितको पनि महत्वपूर्ण भूमिका रह्यो । यद्यपि रोहितले क्लबका लागि अहिलेसम्म महत्वपूर्ण उपाधि र सफलता भने हात पार्न सकेका छैनन् ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै