News गाईघाटलाई सेमिफाइनल पुर्याउन पुर्णिमाको ह्याट्रिक
गोलनेपाल

गाईघाट । उत्कृष्ट घरेलु टोली गाईघाट फुटबल क्लब, उदयपुर यहाँ जारी दोस्रो उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

बुधबार भएको दोस्रो क्वाटरफाइनलमा गाईघाटले एभरेष्ट स्र्पोटिङ क्लब, सुनसरीलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । थरुहट उदयपुर रंगशालामा भएको खेलमा गाईघाटका लागि पूर्णिमा राईले ह्याट्रिक गरिन् । त्यस्तै थप एक गोल इमा राईले गरिन् ।

खेलमा ह्याट्रिक गरेकी गाईघाटकी पूर्णिमा राई प्लेयर अफ द म्याच समेत घोषित भईन् । प्रतियोगिता अन्तर्गत असार १३ गते बिहीबारको तेस्रो क्वाटरफाइनल खेल नमो बुद्ध युथ क्लब, सप्तरी र धनकुटा जिल्ला फुटबल संघ, धनकुटा बीच हुने आयोजकले जानकारी दियो ।

उदयपुर जिल्ला फुटबल संघको आयोजना तथा त्रियुगा नगरपालिका, गाईघाट, उदयपुरको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १० हजार हात पार्नेछ भने उपविजेताले ५५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार १८ गतेका दिन हुनेछ ।

Post Comments