News रुपन्देही जिल्ला ए डिभिजन लिगको तयारी पूरा (खेलतालिकासहित)
सुरज राना मगर

बुटवल । रुपन्देही जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगिता यही जेठ १३ गते आइतबारदेखि शुरु हुने भएको छ । यसअघि यही जेठ १२ गते शनिबारदेखि शुरु गरिने बताइए तापनि प्राविधिक कारणवश प्रतियोगिता जेठ १३ गते आइतबारदेखि शुरु हुने रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले जानकारी दिए ।

सोही अवसरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना समेत गरिएको थियो । बुटवल–११ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पुरा भएको लिग संयोजक मुकेश कुँवरले जानकारी दिए ।

प्रतियोगितामा यस सिजन रुपन्देही जिल्ला बी डिभिजन लिगबाट बढुवा भएका दुई टोली हिमाल युथ क्लब र सिम्रिक युवा क्लबसँगै अघिल्लो सिजन ए डिभिजन मै रहेका सात टोलीहरु गरी कुल ९ टोलीहरुले प्रतिस्पर्धा गर्ने रुपन्देही जिल्ला फुटबल संघका अधयक्ष लोक पुनले बताए । अन्य सात टोलीहरुमा गोर्खा ब्वाईज स्पोर्टस क्लब, फर्साटिकर युवा क्लब, बुटवल युनाइटेड, सौभाग्य युवा क्लब, डिएमसी, लिस्नु युवा क्लब र साविक विजेता सुनौलो संगम युवा क्लब रहेका छन् ।

सिंगल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताबाट पुछारका दुई टोलीहरु बी डिभिजनमा घटुवा हुनेछन् । त्यस्तै अन्य टोलीहरु भने ए डिभिजन मै यथावत रहने संयोजक मुकेश कुावरले बताए ।

लिग विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले क्रमशः ५०, ३० र २० हजार प्राप्त गर्ने संयोजक कुँवरले जानकारी दिए । आयोजकले लिगको पहिलो चरणको खेलतालिका समेत सार्वजनिक गरेको छ ।

खेलतालिका हेर्नुहोस् ।

Post Comments