News सानेपाका असिमको सफल शल्यक्रिया, लामो समय मैदान बाहिर रहने
गोलनेपाल

काठमाडौं । जारी शहिद स्मारक सी डिभिजन लिगमा सानेपा क्लबका लागि खेलेका डिफेन्डर असिम उपाध्यायको एसिएल शल्यक्रिया सफलताका साथ सम्पन्न भएको छ ।

लिग कै क्रममा स्वयम्भु क्लब विरुद्ध खेल्ने क्रममा चोटिल बनेका असिमको चिरायु अस्पतालमा सफल शल्यक्रिया भएको हो । क्लबका अनुसार असिम करिब ६ महिना मैदान बाहिर रहने भएका छन् ।

स्मरण रहोस, जारी सी डिभिजन लिगमा सानेपा हाल ९ खेलबाट ११ अंकका साथ लिगतालिकाको नवौं स्थानमा छ । शिर्ष स्थानमा भने २० अंकका साथ बागमती रहेको छ ।

 

Post Comments