News धरानलाई सुनसरी जिल्ला ए डिभिजन लिगको उपाधि
गोलनेपाल

धरान । यहाँ सम्पन्न सुनसरी जिल्ला जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि धरान फुटबल क्लबले जितेको छ । फाइनलमा राष्ट्रिय जागृति फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै धरान च्याम्पियन बनेको हो ।

धरान रंगशालामा भएको उपाधि भिडन्ततर्फ निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि टाईब्रेकरमा धरानले ५–४ को जित निकाल्दै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

विजेता बनेको धरानले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता राष्ट्रिय जागृतिले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । राष्ट्रिय जागृतिका प्रशान्त सुब्बा फाइनल खेलको मयान अफ द म्याच चुनिए । उनले त्यसवापत नगद १ हजार र ट्रफी हात पारे ।

अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक धरानका सचिन श्रेष्ठ बने । उत्कृष्ट डिफेन्डर धरान कै प्रितम लिम्बु बन्दा उत्कृष्ट मिडफिल्डर राष्ट्रिय जागृतिका योगेन्द्र कार्की चुनिए । त्यस्तै उत्कृष्ट फरवार्ड राष्ट्रिय जागृतिका स्मित तामाङ बने ।

उत्कृष्ट प्रशिक्षक धरानका हेम गुरुङ घोषित भए । उत्कृष्ट बनेका सबैले जनही ३–३ हजार र ट्रफी हात पारे । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार भने राष्ट्रिय जागृतिका स्मित तामाङ, धरानका निकेन राई र संयुक्त युवा क्लबका कबिन्द्र नारायण चौधरीले संयुक्त रुपमा हात पारे । तीनै जनाले जनही १७–१७ सय हात पारे ।

प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने धरानका सचिन श्रेष्ठ घोषित भए । उनले त्यसवापत नगद ७ हजार र ट्रफी हात पारे । विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथ िकोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई लगायतले पुरस्कृत गरेका थिए ।

 

Post Comments