News चावहिलको विजयी सुरुआत
गोलनेपाल

चावहिल स्पोर्ट क्लबले तेश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ ।

काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा चावहिलले सुनाखरी क्लबलाई २–१ ले पराजित ग¥यो । चावहिलका निमा लामा र ‘म्यान अफ दि म्याच’ कृष्ण शाक्यले समान १–१ गोल गरे । सुनाखरीका टीकाबहादुर पुनले १ गोल फर्काए । जितसंगै चावहिल क्वाटरफाइनलमा पुगेको छ ।

फ्रिडम ‘ए’ ले एजे भेट्रानलाई टाइब्रेकरमा ३–२ गोलले हरायो । निर्धारित ५० मिनेटको खेल ३–३ को बराबरीमा टुंगिएको थियो । विजेताका गोलरक्षक सन्जित खड्गी ‘म्यान अफ दि म्याच’ घोषित भए । फ्रिडम ‘बी’ ले थापागाउँलाई ६–१ ले सहजै हरायो । विजयी टिमका लागि ‘म्यान अफ दि म्याच’ निलेन्द्र देवानले ४ तथा नरकुमार राई र राजु तामाङले समान १–१ गोल गरे । थापागाउँका शशि गौतमले सान्त्वना गोल गरे ।

चावहिल खेल मैदानमा जोरपाटीले बूढानीलकण्ठलाई २–० ले पाखा लगायो । विजयी टिमका लागि नितिन गुरुङ र ‘म्यान अफ दि म्याच’ रन्जित लामाले समान १–१ गोल गरे ।
नकआउट प्रतियोगितामा २० पुरुष टिम सहभागी छन् । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट डिफेन्डर, गोलरक्षक, स्ट्राइकर र मिडफिल्डरलाई जनही ५ हजार नगद पुरस्कार पाउने छन् ।

Post Comments