News उत्कृष्ट जितका साथ लिस्नु फाइनलमा
सुरज राना मगर

बुटवल । उत्कृष्ट जित हात पार्दै साविक विजेता लिस्नु युवा क्लब, कोटिहवा यहाँ जारी दोस्रो इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको पहिलो सेमिफाइनलमा लिस्नुले फर्साटिकर युवा क्लब, फर्साटिकरलाई ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

बुटवल–१२, तामनगर स्थित चारपाला रंगशालामा भएको खेलमा लिस्नुका लागि अंकित रास्कोटीले दुई गोल गरे भने थप एक गोल अनिष महर्जनले गरे । उता पराजित फर्साटिकरका लागि ज्ञानदिप थापाले एक मात्र गोल फर्काएका थिए ।

खेलमा लिस्नुका रोशन दोङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत जेठ ८ गते मंगलबारको दोस्रो सेमिफाइनल खेल आयोजक इभोलुशन क्लब अफ बुटवल र इन्टर स्पोर्टस क्लब बीच हुने खेल संयोजक अमर थापा मगरले जानकारी दिए ।

इभोलुशन क्लब अफ बुटवलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५२,२५० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष राम बहादुर पुनले बताए । फाइनल खेल जेठ १० गतेका दिन हुनेछ ।

Post Comments