News आयोजक पूर्वेली (रातो) लाई उपाधि
रमेश समदर्शी

बिर्तामोड । झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित स्व दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान फुटबलको उपाधि आयोजक पूर्वेली युवा क्लब (रातो)ले चुमेको छ ।

स्पर्धी पूर्वेली निलोलाई ३-१ गोलअन्तरमा पराजित गर्दै आयोजक रातोले उपाधिसहित नगद १ लाख १ हजार १११ हात पारेको हो । उपविजेताले ५५ हजार १११ रूपैयाँमा चित्त बुझायाे ।

पूर्वेली रातोका लागि विकर्ण श्रेष्ठले ह्याट्रिक पूरा गरे । उनले खेलको २०औँ मिनेटमा पहिलो गोल गरेको थिए । यसैगरी, पूर्वेली निलोका कृष्ण शाक्यले खेलको २५औैँ मिनेटमा गोल गरेर बराबरीमा ल्याए ।

पूर्वेली रातोका लागि विकर्ण श्रेष्ठले ३३औँ र ५१औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्न सफल भए । उनी बेस्ट स्ट्राइकर पनि घोषित भए ।

खेलको व्यक्तिगत विधातर्फ पूर्वेली रातोका खेलाडीको बर्चश्व रह्यो । खेलको म्यान अफ दी म्याच भुपेन लिम्बू बन्दै २ हजार ५ सय पाए । बेस्ट गोलकिपर सुनिल तामाङ, बेस्ट डिफेन्स मोहन गुरुङ र बेस्ट कोच योगेश गुरूङ भए । खेलमा उत्कृष्ट मिडफिल्ड रमेश गुरुङ भए । उनीहरुले जनही ५-५ हजार पाए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पूर्वेली रातोकै सन्तोष राई घोषित भए । उनले नगद १० हजार पाए । पूर्वेली युवा क्लबका अध्यक्ष रविन श्रेष्ठकी ममतामयी माताको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको संयोजन टेकराज तिलिङले गरेका थिए ।

Post Comments