News एन्फा एकेडेमीमा पर्न सफल निजगढका खेलाडीहरु सम्मानित
गोलनेपाल

निजगढ । अखिल नेपाल फुटबल संघ (एन्फा) को महत्वाकांक्षी एन्फा एकेडेमीमा नाम निकाल्न सफल निजगढका खेलाडीहरुलाई गृहनगरमा नगदसहित सम्मानित गरिएको छ ।

एन्फाले एकेडेमीका लागि विभिन्न चरणमा देशव्यापी रुपमा गरेको खुला छनौट कार्यक्रमबाट नजिगढका तीन खेलाडीहरुलाई एन्फा एकेडेमीमा आफ्नो नाममा निकाल्न सफल भएका थिए ।

जसमा छात्रतर्फ नजिगढ–८ का बिकल रेग्मी रहेका छन् भने छात्रातर्फ निजगढ–५ की सिमरन थापा मगर र निजगढ–८ की दिपीका चौधरी रहेका छन् ।

उनीहरुलाई निजगढ नगरपालिका वार्ड नम्बर ८ ले जनही नगद १०–१० हजार र सम्मानपत्रसहित सम्मानित गरेको हो । सो कार्यक्रममा निजगढ–८ का वार्ड अध्यक्ष स्वर्ण लामाले बोल्दै खेलकुद र खेलाडीहरुको हरेक कदममा आफूहरुले निरन्तर साथ दिने बताए ।

त्यस्तै सोही अवसरमा निजगढ फुटबल क्लबबाट आफ्नो करियर शुरु गरेका बिकल रेग्मी र दिपिका चौधरीले एन्फा एकेडेमीमा नाम निकाल्न सफल भएपछि क्लबका प्रशिक्ष सनोष गुरुङ्ग खुशी र उत्साहित देखिए । उनले एकेडेमीमा छनौट भएका खेलाडीहरुलाई थप उज्ज्वल भविष्यको शुभकामना समेत दिए ।

Post Comments