
मकवानपुर जिल्ला फुटबल संघले जिल्लाका फुटबल खेलाडी र रेफ्रीलाई राहत बाँडेको छ ।
कोभिड १९ (कोरोना भाइरस) का कारण प्रभावित भएका खेलाडी तथा प्रशिक्षकलाई सोमबार एक कार्यक्रमकाबीच राहत रकम वितरण गरिएको हो । यस अघिको जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागी भएका क्लवका एक÷एकजना खेलाडी र ५ जना निर्णायकलाई जनही नगद २ हजार रुपैयाँ वितरण गरिएको हो ।
क्लवको सिफारिसका आधारमा खेलाडीलाई राहत रकम वितरण गरिएको मकवानपुर जिल्ला फुटबल संघका महासचिव युनाल मल्लले जानकारी दिए ।
खेलाडी तथा रेफ्रीको राहतका लागि अखिल नेपाल फुटबल संघ एन्फाले नगद ७५ हजार रुपैयाँ पठाएको थियो । जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रमुख अतिथि महतले खेल क्षेत्रसहित हरेक क्षेत्रको विकासका लागि हेटौंडा उपमहानगरपालिका तत्पर रहेको बताए ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा