News
सहिद स्मारक सी डिभिजन लिग शुरु, आरसी३२ को विजयी शुरुवात

काठमाडौ । बिहीबारदेखि शुरु सहिद स्मारक सी डिभिजन लिगतर्फ आरसी३२ फुटबल क्लब, सुर्खेतले विजयी शुरुवात गरेको छ ।
उद्घाटन खेलमा आरसी३२ ले खालीबारी फुटबल क्लबलाई शुन्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी३२ का लागि बबिन बोहराले एक मात्र निर्णायक गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाए । खेलमा आरसी३२ का आशिष् लावती म्यान अफ द म्याच घोषित भए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधी सहित नगद १० लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्नेले ७ लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले ५ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । लिगमा कुल १४ टोलीहरुले सहभागिता जनाउँदै छन ।
Post Comments
Related News
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- खेलाडी संघको पहलमा युवा खेलाडी सन्देशको निःशुल्क शल्यक्रिया सम्पन्न
- धरान एन्फा एकेडेमीलाई खेल सामाग्री हस्तान्तरण