News
प्ले अफ पुग्ने थप दुई टोलीको टुंगो आज लाग्दै

काठमाडौं । जारी दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ शनिबार बुटवल लुम्बिनी एफसी र बिरगंज युनाइटेड तथा ललितपुर सिटी र काठमाडौं रेजर्स बीचको खेलहरुबाट प्ले अफमा पुग्ने थप दुई टोलीहरुको टुंगो लाग्नेछ ।
लिगको शिर्ष दुई स्थानमा रहेका क्रमशः पोखरा थन्डर्स र धनगढी फुटबल क्लबले प्ले अफमा स्थान सुरक्षित गरिसकेका छन् । त्यस्तै समान १०–१० अंक जोडेका ललितपुर र झापा क्रमशः तेस्रो र चौथो स्थानमा छन् । झापाले शुक्रबार नै लिग चरणको आफ्नो अन्तिम खेल खेलिसकेका छ, र प्ले अफमा स्थान बनाउन झापाली टोलीलाई आज हुने खेलहरुको नतिजा पर्खनु पर्नेछ ।
त्यसैगरी ९ अंकका साथ छैठौं स्थानमा रहेको काठमाडौं र ८ अंकका साथ सातौं स्थानमा रहेको बिरगंजलाई प्ले अफमा स्थान बनाउन निश्चित जित चाहिने छ उता ७ अंकका साथ पुछारमा रहेको बुटवलको पनि प्ले अफ खेल्ने झिनो सम्भावना कायम छ । ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै