News
एनएसएलमा आजः चार टोलीको दुई खेल र शिर्ष चारको टक्कर

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) मा शनिबार हुने दुई खेलतर्फ पहिलो खेलमा पहिलो खेलमा दिनको १ बजेदेखि धनगढी एफसी र स्र्पोटिङ् इलाम भिड्दा साँझ बजेदेखि शुरु हुने दोस्रो खेलमा बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स भिड्ने छन् ।
आज हुने चारै टोलीहरु शिर्ष चारको टक्करमा पनि हुनेछन । ३ खेलबाट ७ अंक जोडेको धनगढी र ५ अंक जोडेको काठमाडौं यसअघि नै शिर्ष चार भित्र छन् । धनगढी दोस्रो स्थानमा छ भने काठमाडौं चौथो स्थानमा छ ।
त्यस्तै ४ खेलबाट ४ र ३ अंक जोड्दै क्रमशः छैठौं र सातौं स्थानमा रहेका बुटवल र इलामके पनि आज आफू अनुकुल नतिजा निकाल्न सके शिर्ष चारमा उक्लिने अवसर छ । पछिल्ला खेलहरुमा सुधारिएको प्रदर्शन गरिरहेका बुटवल र इलामलले धनगढी र काठमाडौंलाई राम्रै चुनौति दिने अपेक्षा पनि गरिएको छ ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय