News
उज्वेकिस्तानसँग लाओस पराजित

काठमाडौं । एएफसी महिला एसियन कप छनौट प्रतियोगितातर्फ नेपाल कै समूहमा रहेको घरेलु टोली उज्वेकिस्तानले बुधबार नै सम्पन्न आफ्नो दोस्रो खेलमा लाओसलाई ७–० ले हराएको छ ।
लगातार दोस्रो जित हात पारेको उज्वेकिस्तानको पनि २ खेलबाट ६ अंक भएको छ । नेपालको पनि समान दुई अंक छ । रोचक कुरा त नेपाल र उज्वेकिस्तान दुवैले दुई खेलमा विपक्षी माथि कुल १७ गोल गरेका छन् ।
नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो भने बुधबार दोस्रो खेलमा श्रीलंकालाई ८–० ले हराएको थियो । त्यस्तै उज्वेकिस्तानले भने आफ्नो पहिलो खेलमा श्रीलंकालाई १०–० ले पराजित गरेको थियो ।
समूह चरणको अन्तिम तथा निर्णायक खेलमा अब नेपालले जुलाई ५ तारीख शनिबारका दिन उज्वेकिस्तानसँग खेल्नेछ । त्यस्तै सोही दिन प्रतियोगिताबाट बाहिरिसकेका दुई टोली लाओस र श्रीलंका पनि आमने सामने हुनेछन् ।
Post Comments