
हेटौडा । ग्रासरुट लेभलबाटै जिल्लाभित्रका बाल खेलाडीहरुलाई फुटबलको आधारभुत प्रशिक्षत दिएर दक्ष खेलाडी बनाउने अभियानमा जुटेको न्यू डाँफे युवा क्लबले मकवानपुर जिल्ला खेलकुद बिकास समितिको साथ पाएको छ ।
जिल्लाबाट राम्रा खेलाडीहरु उत्पादन गर्ने उद्देश्यसहित निःशुल्क फुटबल प्रशिक्षण कार्यक्रम शुरु गरेको न्यू डाँफेलाई मकवानपुर जिल्ला खेलकुद विकास समितिद्वारा ४० हजार बराबरको खेलकुद सामाग्री प्रदान गरिएको हो ।
जसमा फुटबल, मार्कर कोण, ल्याडर, बिप्स लगायतका सामाग्रीहरु एक कार्यक्रमका बिचमा खेलकुद बिकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गीले न्यु डाफे युवा क्लबका अध्यक्ष आलोक स्याङतान तथा प्रशिक्षक ज्ञानु क्षेत्रीलाई हस्तान्तरण गरे ।
खेल सामाग्री हस्तान्तरण गर्दै मकवानपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भेष खडगीले खेल सामाग्रीको अभावले कुनैपनि खेलाडी खेल्नबाट बञ्चित नहोस भन्ने उद्घेश्यले न्यु डाँफेलाई आवश्यक खेल सामाग्रीसहित साथ दिएको बताए ।
क्लबले हेटौडा–६ स्थित गौरीटार रंगशालामा शुक्रबार, शनिबार र सार्बजनिक बिदाको दिनमा प्रशिक्षण गराउने बताएको छ । जसमा ९ देखि १६ वर्षसम्मका खेलाडीहरुले सहभागिता जनाउन सक्ने छन् । प्रशिक्षण कार्यक्रमको पहिलो दिन ४० भन्दा बढी खेलाडीहरुले सहभागिता जनाएको समेत प्रशिक्षक ज्ञानु क्षेत्रीले जानकारी दिए ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा