News
घिमिरे यु–१६ टोलीको सहायक प्रशिक्षकमा नियुक्त
काठमाडौं । यसै महिना हुन गईरहेको साफ यु–१६ च्याम्पियनसिपका लागि नेपाली यु–१६ टोलीको सहायक प्रशिक्षकमा सिताराम घिमिरे नियुक्त भएका छन् । टोलीको मुख्य प्रशिक्षकमा भने रविन्द्र सिलाकार छन् ।
घिमिरेलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले नियुक्तीपत्र हस्तान्तरण गरेका थिए । घिमिरे दोलखा जिल्ला फुटबल संघको प्रशिक्षकका रुपमा समेत कार्यरत छन् ।
स्मरण रहोस, यही भदौ १५ देखि २५ गतेसम्म भुटानमा आयोजना हुन गईरहेको साफ यु–१६ च्याम्पियनसिपतर्फ नेपाल समूह ए मा परेको छ । जहाँ नेपालले साविक विजेता भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल गत संस्करणको उपविजेता पनि हो । त्यस्तै समूह बी मा भने आयोजक भुटानसहित माल्दिभ्स र पाकिस्तान रहेका छन् । प्रतियोगिताको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)